MPI Week Annual Function सम्पन्न !

२०७६/०८/२६ खोटाङ
किरातीहरुको महान चाड साकेला उधौली २०७६ र किरात यले सम्बत ५०७९ को अवसरमा आयोजित महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुनथला खोटाङको बार्षिक कार्यक्रम MPI Week Annual Function आज महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुनथला खोटाङका शिक्षालय प्रमुख ई भानु पौड्यालज्यू को अध्यक्षता र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख श्री दिप नारयण रिजालज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
MPI WEEK Annual Function २०७६/०८/२२ गते देखि २०७६/०८/२६ गते सम्म विभिन्न खेलकुद तथा किरात राईहरुको उधौली पर्व विशेष कार्यक्रममा साकेला सिल्ली प्रस्तुत भएको थियो ।


२२ गते आइतबार : अन्तरिक टेबल टेनिस खेलकुद गरी उद्घाटन गरियो जसमा प्रथम हुनेमा प्रशिक्षक हेम बिक्रम राई, दोश्रो हुनेमा तोसल राई र तेस्रो स्थानमा प्रशिक्षक सिर्जन शर्मा हुनुभएको थियो ।
सोही दिन संचालन भएको Boys Volleyball मा प्रथम दोश्रो बर्षका प्रशिक्षार्थी भाईहरु भएका थिए र दोश्रो स्थान प्रथम बर्षका प्रशिक्षार्थी भाईहरुले हात परेका थिए । साथै Girls Volleyball मा प्रथम स्थान वन विज्ञान प्रथम बर्षका प्रशिक्षार्थी बहिनीहरु भएका थिए र दोश्रो स्थान दोश्रो बर्षका प्रशिक्षार्थी बहिनीहरु भएका थिए । सोही दिन संचालन भएको खुला Chess प्रतियोगितामा जम्मा १७ जना सहभागीमध्ये प्रथम हेम बिक्रम राई, दोश्रो जालपा मा वि नुनथलाका शिक्षक ज्ञान प्रसाद आचार्य र तेस्रो टार्जन राई भएका थिए ।


२३ गते सोमबार भएको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा खोटाङ जिल्लाका २२ विद्यालयका टिमहरु सहभागी थिए सिर्जन शर्मा, एलिना आले र सागर खड्का त्यस प्रतियोगितामा प्रथम स्थान Mount Everest boarding school ले हात परेको थियो, दोश्रो सरस्वती माध्यमिक विद्यालय, अर्खौले भएको थियो र तेस्रो जगदम्बा माध्यमिक विद्यालय बुइपा को टिम भएको थियो
२४ गते मंगलबार र २५ गते बुधबार विद्यालय स्तरीय खुल्ला टेबल टेनिस प्रतियोगितामा खोटाङ जिल्लाका विभिन्न विद्यालयबाट जम्मा ४४ पुरुष, १५ महिला सहभागी थिए जसमा पुरुष तर्फ प्रथम सबिन श्रेष्ठ, दोश्रो इश्वर राई, तेस्रो सबिन राई भएका थिए र महिला तर्फ प्रथम लिन्जा राई, दोश्रो युनिसा श्रेष्ठ, तेस्रो चन्द्र कला राई भएका थिए ।
गते मंगलबार र २५ गते बुधवार भएको अन्तर विद्यालय भलिबल प्रतियोगितामा गजेन्द्र राई र बिबेक राई निर्णायक भूमिकामा हुनुन्थ्यो जसमा खोटाङ जिल्लाका १२ टिम सहभागी थिए जसमध्ये प्रथम शन्तोदय माध्यमिक विद्यालयको टिम, दोश्रो विश्वज्योति माध्यमिक विद्यालयको टिम र तेस्रो रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयको टिम भएको थियो ।


२६ गते विहिबार भएको महिला बेलुन फुटाई(खुल्ला) महिला तर्फ निर्मला राई बिजयी भएकी थिइन् ।
• साकेला नाच/ खुल्ला कविता प्रतियोगिताको निर्णायक भूमिका मकर चन्द्र राई, हेम बिक्रम राई र भागेश्वोर राई हुनुन्थ्यो जुन प्रतियोगितामा प्रथम हाँबु समूह, दोश्रो पुइलुंग समूह र तेस्रो बुइपा समूह भएको थियो ।
• खुल्ला कविता प्रतियोगिता -> साहित्यकारहरु, मकर चन्द्र राई, चित्र कुमार सुबेदी, ओम कुमार घिमिरे
• प्रथम -> प्यासी अमर श्रेष्ट – वडा २, दि. रु. म. न. पा
• पूर्ण बिराम शिर्सक कबिता बचन गर्ने बिष्णु उप्पर्कोटी दोश्रो भएका थिए, तेस्रो जगदम्बा मा वि बुइपाका भिम घिमिरे, चौथो घनश्याम ढकाल र पाचौ ऋतु राई भएका थिए ।
• दि.रु.म.न.पा. -१३ र शिक्षालय विचभएको मैत्रीपुर्ण पुरुष भलिबलमा दि.रु.म.न.पा. -१३ बिजयी भएको थियो ।
• दि.रु.म.न.पा. -१३ र शिक्षालय विचभएको मैत्रीपुर्ण महिला भलिबल खेलमा दि.रु.म.न.पा. -१३, नुनथलाको टिम बिजयी भएको थियो ।
यस MPI Week Annual Function कार्यक्रमका विजयीहरुलाई प्रमुख अतिथि श्री दिप नारायण रिजाल र शिक्षालय प्रमुख ई भानु पौड्यालले मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

उधौली पर्व विशेष साकेला सिल्ली नाच प्रतियोगिताका सहभागीहरु